
काठमाडौं । कुलिङ पिरियडमा भएको गडबडीमा गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधिसभामा पेस भएको छ ।
छानविन समितिका संयोजक सांसद जीवन परियारले प्रतिवेदन प्रतिनिधिसभा पेस गरेका हुन् । समितिले मिहीन रूपमा दफावार छलफल नगर्दा र परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नुअघि सभाका सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगर्दा कुलिङ अफ पिरियडमा छेडखानी भएको निष्कर्ष निकालेको छ।
मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नहुँदा यो समस्या आएको पनि समितिले जनाएको छ । विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानूनी तादात्म्यता नमिलेको देखिएको छानविन समितिका संयोजक परियारले बताए ।
गत असार २३ गते गठित सात सदस्यीय समितिलाई शुरुमा २१ दिनको समय दिइएको थियो । समितिले समय अपुग रहेको बताएपछि सात दिन समय थपिएको थियो । त्यसअनुसार असार १८ गते नै म्याद सकिएता पनि निरन्तरमा बैठक राखेर आज बिहान सबेरै पास गरी प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको हो । यसबीचमा समितिको ३७ वटा बैठक बसेको छ ।









Facebook Comments