
काठमाडौं । कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।
सोमबार रीतपूर्वक दाबी पेस गरेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री बानियाँको पद तथा गोपनियताको शपथ आजै अपरान्हका लागि तय भएको छ ।
बानियाँले आजै कांग्रेस र एमालेबाट समेटेर मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् । दुईदलीय सत्ता गठबन्धन रहेको बागमती प्रदेशमा एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालयका लागि मन्त्रीको नाम टुंग्याइसकेको छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।









Facebook Comments