
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जवाफदेही, उत्तरदायी र पारदर्शी नरहेका कारण जनताले सुशासनको अनुभूति गर्न नपाएको बताएका छन् ।
आज विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका नै ठीक ढंगले चल्न नसकेको बताउँदै प्रधानमन्त्री र मन्त्रीमात्रै फेरेर देश नबन्ने बताए ।
उनले मिलिजुली सरकारको नाममा आफ्नो सैद्धान्तिक धरातल छोडन नहुने पनि बताए । नेता कोइरालाले अहिले लोकतन्त्र धरापमा रहेको भन्दै लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको पनि स्पष्ट पारे ।









Facebook Comments