
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेका कारण देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजिक एक कार्यक्रममा उनले अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हिंडिराखेको बताएका हुन् ।
उनले प्रतिक्रियावादीहरुसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता गरी नयाँ संकल्प गर्न आवश्यक रहेको पनि बताए । उनले भने–वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।









Facebook Comments