
काठमाडौं । वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको एक महिना पनि नप’दै पार्टीमा उनकै कारण बखेडा सुरु भएको छ ।
नेकपा (एमाले) छाडेको चार वर्षपछि गौतम गत साउन २ गते माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
नेता वामदेव गौतमले रोजेको जिम्मेवारी खोजेपछि विवाद सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतम साउन २ गते राष्ट्रिय सभागृहबाट समाजवादीको यात्रा थालेका थिए ।
एमालेले पार्टीमा भित्र्याउन नमानेपछि वामदेव माधव नेपालको शरणमा परेका थिए । तर, रोजेको जिम्मेवारी नपाउने भएपछि उनी अहिले तनावमा परेका छन् ।









Facebook Comments