
काठमाडौं । सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांगेसका शीर्ष नेताबीच सरकारको कार्यसम्पादन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरु पूर्णबहादुर खड्का र रमेश लेखक प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु विष्णु पौडेल र विष्णु रिमाल सहभागी रहेका छन् । भेटमा मन्त्रिपरिषद पुनर्गठन, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी हुने बताइएको छ ।
एमालेले पछिल्लो समय विवादमा मुछिएका केही मन्त्रीहरुलाई हटाउने पक्षमा देखिएको छ भने कांग्रेसले भने आफ्ना मन्त्रीहरु हेरफेर गर्न नचाहेको समाचारस्रोतले जनाएको छ ।










Facebook Comments