
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच वाक युद्ध चलिरहेकै बेला नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपरान्ह बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
आजको बैठकमा स्थायी कमिटीको एजेन्डा, समसामयिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने माओवादी नेताहरुले बताएका छन् । बैठकमा केन्द्रीय कमिटीको बैठकको तयारीबारे पनि छलफल हुनेछ ।










Facebook Comments