
काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसँग ५ लाख रूपैयाँ धरौटी माग्न आदेश गरेको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग ५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
पन्तले तत्कालीन अवस्थामा पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्तविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ ।
उनी अहिले अदालतले मागेको धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । उनले वारेसको निवेदन दिए पनि विशेष अदालतले नेपाललाई वारेस दिन भने अस्वीकार गरेको छ ।









Facebook Comments