काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीहरु सवार गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एकापसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

ad

प्रहरीका अनुसार, से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी चढेर उनीहरु कैलालीको चिसापानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनाबाट बा २ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने से १ झ ३३० नम्बरको गाडीको अगाडितर्फ भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गाडीमा क्षति पुगेपनि मन्त्रीसहित गाडीमा सवार सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।