
काठमाडौं । सिन्धुलीको गोलञ्जोरमा एकै घरका १६ जना सम्पर्कविहीन भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा एक हायु परिवार नै सम्पर्कविहीन भएको स्थानीयले जनाएका छन् । उक्त स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्कविहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएका छन् । उनीहरु सम्पर्कविहीन हुनुको कारण खुलिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। १६ जना सम्पर्कविहीन भएको जानकारी पाएपछि प्रहरी सो स्थानमा पुगेको छ । प्रहरीले उनीहरुको खोजतलास जारी रहेको जानकारी दिएको छ ।










Facebook Comments