
काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।
परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का सहसचिव एवम् प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। पौडेल अहिले सर्वोच्च अदालतमा रजिस्ट्रार छन्।
यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। न्याय परिषदले मानबहादुर कार्कीलाई रजिस्ट्रार सिफारिस गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।










Facebook Comments