काठमाडौं । मिस नेपाल २०२५ को फिनाले आगामी भदौ १४ गते हुने भएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’मा आयोजकले फिनालेको मिति र विवरण सार्वजनिक गरेका हुन् ।

यो वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । फिनालेमा देशभरबाट छानिएका २६ जना प्रतिस्पर्धीले भाग लिनेछन् । यी प्रतिस्पर्धीहरूले विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

ad

फिनालेका लागि छानिएका २६ प्रतिस्पर्धीहरूमा सान्भी मण्डल, संस्कृति भट्टराई, सुदिना हुमागाईं, श्रुति महर्जन, अनुराधा शर्मा ढकाल, अनुप्रिया ठाकुर, दीपशिखा नेपाल, जगदीश्वरी शाह, लुना लुइँटेल, जशोदा कार्की, आश्रिया थापा, उरुषा भण्डारी, अञ्जिला रजक, सृष्टिकुमारी तामाङ, क्रिस्टिना बस्नेत, आरती थापा, समृद्धि केसी, सइच्छा थापा, स्वाती पञ्जियार, सोनी घले, श्रीयानी श्रेष्ठ, स्मृति श्रेष्ठ, ओजल रायमाझी, निलिमा पाण्डे, प्रियंका थापा र प्रज्ञिका क्षेत्री रहेका छन् ।

आयोजकका अनुसार मिस नेपाल २०२५ को फिनाले भव्य र सांस्कृतिक रूपमा समृद्ध हुने अपेक्षा गरिएको छ । प्रतियोगिताले नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्ने मञ्च प्रदान गर्नेछ । फिनालेमा सहभागी प्रतिस्पर्धीहरूले विभिन्न विधामा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्, जसमा बौद्धिकता, सौन्दर्य, र सामाजिक प्रभावसमेत समावेश हुनेछ ।

मिस नेपाल प्रतियोगिता नेपालको सौन्दर्य र संस्कृतिको प्रतिनिधित्व गर्ने महत्वपूर्ण मञ्च हो । यो वर्षको प्रतियोगिताले पनि नेपाली युवतीहरूको सशक्तीकरण र सामाजिक मुद्दाहरूलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।