
काठमाडौं । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो।
खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो । क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको छ । टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ ।
(एजेन्सीहरु)










Facebook Comments