
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा संक्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बीचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिइन् ।
दुई आयोगबीच पीडितलाई केन्द्रविन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्य सूर्यप्रसाद शर्मा ढुंगेल र लीली थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला, सदस्य गोपालनाथ योगी र अग्निप्रसाद थपलिया लगायतले सहमति गरेका हुन् ।









Facebook Comments