
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज चितवनमा आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा थापाले पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने बताए ।
उनले भने– “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।” कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।
उनले भने– “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।










Facebook Comments