काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने, तोडफोड गर्ने विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउनुपर्ने बताएका छन् ।

ad

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आजदेखि शुरु केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले जनतामा एमालेप्रति आकर्षण रहेकाले पार्टी पङ्क्ति एकतावद्ध हुनुपर्ने बताएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

गौतमका अनुसार ओलीले पार्टीभित्र नेताहरुबीच कुनै पनि बिषयमा विमति नरहेको समेत जिकीर गरे । प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति बिद्या भण्डारीको पार्टी सदस्यताबारे केन्द्रीय कमिटीले निर्णय गर्ने पनि स्पष्ट पारे ।