काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा एक ७४ बर्षीया वृद्धाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि चरक अस्पतालमा भर्ना गरिएकी

पोखरा ११ फूलबारीकी ७४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ८ दिनअघि संक्रमण पुष्टि भएको थियो ।

ad

महानिर्देशक खड्काका अनुसार, संक्रमणका साथै ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्या पनि थियो । गण्डकी प्रदेशभर गत जनवरीयता ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् ।