
काठमाडौं । पार्टीको कार्यशैलीको खुलेर आलोचना गर्दै आईरहेका नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आज दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आफू निकटका सांसदहरुसँग छलफल गरेका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न डा. कोइरालाले आफू निकटका सांसदहरुलाई होटलमा बोलाएका हुन् । कोइरालाले आफू निकटका सांसदहरुसँग गरेको छलफललाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
केही दिन अगाडि डा. कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।









Facebook Comments