काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सक्रिय राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट हुने भएको छ।

आज दिउँसो ३ बजे एमालेको मुख्यालय, च्यासलमा भेटघाट हुने तय भएको बताइएको छ । एमालेको सचिवालय र पोलिटब्युरोको बैठकमा भण्डारीलाई एमालेको सदस्यता दिने बिषयमा बहस भएको थियो । राष्ट्रपति जस्तो गरिमामय पद सम्हालिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने ओली पक्षका नेताहरुको तर्क छ । बिद्या पक्षधर नेताहरुले भने पूर्व राष्ट्रपति सक्रिय राजनीति आउन चाहेमा संविधान र पार्टी विधानले नरोक्ने बताउँदै आएका छन् ।

ad

बिद्याको सदस्यताका बारेमा विवाद बढेपछि एमालेले हाल उनको सदस्यतालाई ‘पेन्डिङ’मा राखेको छ । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बोलाइएकाले ओली र बिद्याबीच आज भेट हुन लागेको हो ।