
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दीपक थापाले २० जना डीएसपीको काजसरुवा गरेका छन् । डीएसपीहरूको जिम्मेवारी हेरफेरमा चार जिल्लाका डीएसपी फेरिएका छन् ।
भोजपुरमा राजु लामालाई पठाइएको छ । सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई जिम्मेवारी दिइएको छ ।
भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको छ । भोजपुरमा पठाइएका लामा सशस्त्र प्रहरी गण नम्बर–१ मा कार्यरत थिए ।
कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङ स्थित इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई पठाइएको छ ।
सिंहदबार सुरक्षा गणमा सिद्धराज न्यौपानेलाई सरुवा गरिएको छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कृष्ण ओझालाई पठाइएको छ ।










Facebook Comments