काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा मनीष थापा सिफारिस भएका छन् ।

डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन् । पहिलो ब्याचका मनीष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी रहेका छन् ।

ad

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त १ डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको हो ।