काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट बुधबार नगरसभाबाट पारित भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह बाेलनको अध्यक्षतामा बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बठैकले बजेट पारित गरेको हो ।

ad

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढीला गरी काठमाडाैं महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

पारित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासको लागि ३ प्रतिशत छुट्याइएको छ ।