काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको र नियम विपरीत सञ्चालन भएका दुई फर्मलाई ५ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै अन्य ७ फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ । विभागका अनुसार, सुर्तीजन्य वस्तुको प्याकेटमा उल्लेख गरिएको भन्दा कम तौल राखेको पाइएपछि बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

ad

त्यस्तै, एमआरपी नराखी वस्तु बिक्री गर्ने ललितपुर महानगरपालिका –२ मा रहेको एसबिएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

यसैगरी विभागले ललितपुर र काठमाडौंका अन्य ५ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन र दुईवटालाई सामान्य निर्देशन दिएको छ।