
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको आरोप लगाएका छन् ।
आज संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले दुई ठूला दलको मिलेमतोले संसदलाई विचौलियाको खेलमैदान बनाइएको आरोप पनि लगाए । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको बताए ।
अब पनि गम्भीर समीक्षा नगर्ने हो भने देश ठुलो विष्फोटतिर जाने अवस्था रहेको उनले औंल्याए । आज सबैतिर भ्रष्टाचार, अराजकता र बेथिति बढेको भन्दै उनले जहाँ सरकार त्यहाँ भ्रष्टाचार रहेको बताए । उनले सरकार सङ्ख्याको भरमा टिकेको भए पनि जनताको भरोसा समाप्त भएको उल्लेख गरे ।









Facebook Comments