
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएको बिषयमा आज आफ्नै निवास बालुवाटारमा बोलाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग स्पष्टिकरण सोधेका छन् ।
मन्त्री गुप्ताले कास्की जिल्ला मालपोत कार्यालयको प्रमुखको सरुवा तथा थमौती मिलाइदिने भन्दै ५३ लाख रुपैयाँ माग गरेको र भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस मागेको अडियो हालै सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि विपक्षी दलहरूले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गर्दै आएका छन् ।
मन्त्री गुप्ताले कर्मचारीहरुको सरुवामा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । झण्डै १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ । अडियोमा गुप्ताकी नातेदार भनिएकी ‘मेलिना’ नामक महिलामार्फत घुस रकम संकलन भएको, रकम मन्त्री निवासमै ल्याउन गाडी नम्बर समेत निर्देश गरिएको उल्लेख छ ।









Facebook Comments