
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।
मन्त्री लेखकले आज बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने बताइएको छ ।









Facebook Comments