
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बोलाएर सोधपुछ गरेको छ।
श्री ५ महाराजधिराज भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गरिएको प्रहरीस्रोतले जनाएको छ ।
पाठकलाई नेपालको संविधानले नचिनेको श्री ५ महाराजधिराज भनेर सम्बोधन गर्ने र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन र लेटरप्याडमा सूचना दिने गरेकाले केही बुझ्न भनेर सोधपुछ गर्न बोलाइएको बताइएको छ ।









Facebook Comments