काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लामो समयपछि कार्यपालिका बैठक बोलाएका छन्।
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।

शुक्रबार नै १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्ने मेयर शाहको सचिवालयले जनाएको छ । शुक्रबारकै कार्यपालिका बैठकले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी महानगरपालिकाको छ।

ad