काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई कारबाही गरेपछि कांग्रेस नेता डा. शेखर कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा समुहको बैठक बोलाएका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए।

ad


बैठकमा कारबाही विधान विपरीत र एकतर्फी भएको भन्दै नेताहरुले आपत्ति जनाएका थिए । उनीहरुले कारवाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने समेत बताएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निष्कर्ष निकाल्दै राजनीतिरुपमा यसलाई शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने समेत बैठकमा नेताहरुले बताएका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीहरुका बिच अहिले अनुशासन समितिको फाईल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि बिज्ञप्ती निकालेर कारबाही गरिएको बताए ।