काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त गरेका छन् । अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकेका छन्।

सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जना त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी र विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

ad