काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको भीषण बाढीमा परी १८ जना बेपत्ता भएका छन्।

चीनतर्फको भारी वर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीमा बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

ad

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ भने बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।