काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन् ।

संघले उपभोक्ता अदालतको फैसलामा प्रक्रियामा त्रुटि भएको र कानुनमा दोहोरोपना भएको भन्दै विरोध जनाएको हो । उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघले चरणवद्ध आन्दोलन गर्दै आएको हो । संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो ।

ad

आजदेखि भने संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिन चिकित्सकहरुलाई आह्वान गरेको हो आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संघले चेतावनी पनि दिएको छ । चिकित्सकहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका बिरामीहरुको विचल्ली भएको छ ।