काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि प्रहरी विधेयकमा छलफल गर्न आज बोलाइएको समिति बैठक स्थगित भएको छ ।

विवाद टुंगो नलागेसम्मका लागि बैठक स्थगित भएको हो । बैठक सुरु हुनु अगावै माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले शब्द थपिएको विषयमा सभापति खतिवडासँग जवाफ माग गरेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

ad