
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तनमा को संलग्न छ भन्ने सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।
सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित गर्ने दफा थपेको देखिएकाले त्यसको छानबिनका लागि सभामुखलाई अनुरोध गरेका पनि बताए । उनले शंका लागेमा आफूमाथि पनि छानविन गर्न आग्रह गरेका छन् ।
सभापति खतिवडाले छानबिनमा आफू नै दोषी भए पनि कारबाही भोग्न तयार गरेको बताए । समितिले गरेको निर्णय विपरीत प्रतिनिधिसभामा उक्त विधेयक पेस गर्दा खासगरी ‘कुलिङ पिरियड’का शब्दमा गरिएको फेरबदललाई आफूहरुले गम्भीर रुपले लिएको उनले बताए ।










Facebook Comments