काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै साइबर अपराधमा मुद्दा दर्ता भएको हो ।

पाठकविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो । विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार एक लाख रुपैयासम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

ad

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । गत जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरका तर्फबाट उजुरी परेपछि साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।