
काठमाडौ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको बजार भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
सोमबारको तुलनामा मंगलबार पनि सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँ घटेको थियो ।
सोमबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो ।
यता, आज असली चाँदीको पनि भाउ पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएका थियो ।









Facebook Comments