काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य एक हजार सात सयले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

ad

सोमबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी दुई हजार एक सय ७० रुपैयाँमा कायम रहेको थियो ।