
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन् ।
०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबराविरुद्ध राज्यविरुद्धको कसुरसहित चारवटा मुद्दामा अभियोजन गरिएको छ ।
जबरालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए ।
०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।









Facebook Comments