काठमाडौँ। इजरायलको आक्रमणमा आइतबार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमी मारिएका छन्।

साथै उनका उपप्रमुख हसन मोहाक र कमान्डर मोहसेन बाकेरी पनि मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएका छन्।

ad

यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुख मारिएको बताएका थिए।

यसअघि शुक्रबार इजरायलले इरानी सेनाको चेन अफ कमान्डको शीर्ष तहमा रहेका तीन जनरल र आणविक विकासमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक मारिसकेको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबारदेखि जारी इजरायलको हमलामा हालसम्म २२४ जना मारिएका छन्।