काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

ad

आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।