
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएक छन् ।
जनकपुरधामस्थित विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने, ‘राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।’
वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए ।
कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन ०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुंगानाको बिहीबार धनुषाधाममा आयोजित ६२औँ स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम पुगेका हुन् ।









Facebook Comments