
काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हिजो आफ्नो गृहजिल्ला पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज काठमाडौं फर्कंदैछन्।
उनी पार्टी कामको सिलसिलामा बुधबार रौतहट पुगेका थिए। पार्टी कार्यक्रममै व्यस्त रहेको समयमा आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दायर भएको थाहा पाएपछि उनी बिहीबार नै काठमाडौं फर्कन लागेका हुन्।
उनी काठमाडौं फर्र्केपछि आजै बैठक बसेर पार्टीको धारणा सार्वजनिक गरिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।










Facebook Comments