
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक राखिएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मुछिएको विषयमा पनि कुराकानी हुने अनुमान छ ।









Facebook Comments