काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।

ad

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।