
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल रहेको समितिमा योजना आयोगका पूर्वअध्यक्ष डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए । उनीहरूले राजीनामा दिएपछि गभर्नर सिफारिस समिति पुनर्गठन गरिएको हो ।
नयाँ थपिएका दुई सदस्यमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छन् ।









Facebook Comments