काठमाडौंं । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा आइतबार नै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अहिले सासदहरुले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राखिरहेका छन्।

ad

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको थियो। आजबाट संसदमा प्रि–बजेट छलफल पनि सुरू हुनेछ।

आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालले जनाएको छ ।