काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज सुनको मूल्यमा तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९५५ मा कारोबार भइरहेको छ ।

ad

बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।