काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् ।

ad

टेस्टमा रोहितले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी–२०आई क्रिकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् ।

ओडीआई क्रिकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।