
काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम थियो ।
आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।









Facebook Comments