काठमाडौं । शुक्रबार मन्त्रिपरिषद्‌को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्नेलगायत शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ । यसका साथै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि पनि छलफल तथा निर्णय हुनेछ ।

ad

साथै आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदै छ।